१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्प जाँदा इराक र इरानमा कम्तीमा सय जनाको मृत्यु

इराक- इराक र इरानको सीमा क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १ सय जनाको मृत्यु भएको छ। समाचार एजेन्सी बीबीसीका अनुसार आइतबार राति ७.३ रेक्टरस्केलको भूकम्प गएको थियो।

अमेरिकी भूकम्प मापन केन्द्रका अनुसार इराकको कस्बे हलब्जाभन्दा ३२ किलोमिटर दक्षिण-पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो।

 

भूकम्पमा ३ सयभन्दा बढी घाइते भएका छन्। भूकम्पको तीब्रतासँगै सो क्षेत्रमा मानिसहरुको भागदौड मच्चिएको थियो।

भूकम्पले घरहरु भत्किएका छन्। त्यहाँका प्रहरी प्रशासनले उद्धार कार्य गरिरहेका छन्। मृतकको संख्या बढ्ने सरकारी अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: २७ कार्तिक २०७४ ०२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App