१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायलद्वारा गाजा क्षेत्रमा आवश्यक सेवाको आपूर्तिमा रोक

इजरायलले गाजा क्षेत्रमा घेराबन्दी गर्दै आवश्यक सेवाको आपूर्तिमा रोक लगाएको छ।  

शनिवार बिहान हमासले इजरायलमाथि आक्रमण सुरु गरेदेखि नै इजरायलले गाजा क्षेत्रमा खाद्यान्न र औषधिसहितका सबै अत्यावश्यक वस्तुको आपूर्तिमा रोक लगाउने निर्णय गरेको थियो। अब इजरायलले गाजा क्षेत्रमा बिजुली, पानी र ईन्धनको पनि आपूर्तिमा रोक लगाइदिएको छ।

अधिकारिहरूका अनुसार गाजा क्षेत्रमा यदि आपूर्तिको अनुमति दिइएन भने नयाँ मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन्।

बीबीसीका अनुसार गाजा पट्टीमा २३ लाख मानिसको बसोबास रहेको छ। जसमा ८० प्रतिशत मानिस इजरायलको समर्थनमा छन्। हालसम्म इजरायल आक्रमणमा परी १७ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

प्रकाशित: २३ आश्विन २०८० ०५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App