२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्राजिलमा भएको सुरक्षा कारबाहीमा ६ जना मारिए

ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन्। ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

झण्डै ३० लाख जनसङ्ख्या भएको साल्भाडोर बाहिया राज्यको राजधानी हो। आपराधिक समूहले यो महिना ३० जनाभन्दा बढीको हत्या गरेपछि उक्त समूहविरुद्ध गरिएको कारबाहीमा उनीहरू मारिएका हुन्। आपराधिक गिरोहले हालसम्म ३४ जनाको हत्या गरिसकेका सुरक्षा अधिकारीहरूले बताएका छन्।  

शुक्रवार गरिएको सुरक्षा कारबाहीमा सर्वसाधारणको हत्यामा संलग्न केही मारिएका जनाउँदै प्रहरीले हत्यामा संलग्न गिरोहका ४३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएको छ। बाहियाका अधिकांश नगरहरूमा आपराधिक गिरोहले हतियार तथा लागुऔषध तस्करी गर्ने तथा स्थानीयलाई आक्रणको निशाना बनाउँदै आएको छ। ठूला आपाराधिक गुटलाई नियन्त्रण गर्न प्रहरीले पनि नियमित रुपमा कारबाही गर्दै आएको छ। 

प्रकाशित: ६ आश्विन २०८० ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App