१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कारबाहीमा ७४ आतंककारी मारिए

काबुल, असोज १३ - अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा ७४ जना तालिवान आतंककारी मारिएका छन् । गत २४ घण्टाभित्र गरिएको यस कारबाहीमा परी अन्य २५ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयले विज्ञप्तिमा प्रकाशित गरी सो जानकारी दिएको छ । 

अफगानिस्तानाको सधैँ अशान्त भइरहने प्रान्तमा गरिएको यस कारबाहीमा ११ जना इस्लामिक स्टेट्स (आइएस) लडाकूसहित ७४ जनाको मृत्यु हुनुका साथै अन्य २५ जना घाइते भएको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस कारबाहीको क्रममा अन्य पाँच आतंककारी पक्राउ परेका पनि सो विज्ञप्तिमा जनाइएको छ । 

अफगान सुरक्षाबलले आइएस लडाकू लुकेर बसेको स्थान ध्वस्त गर्नुको साथै दुईवटा सवारीसाधनसमेत ध्वस्त गरेको बताइएको छ । यस कारबाहीको क्रममा सुरक्षा बलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ । तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । 

प्रकाशित: १३ आश्विन २०७४ ०५:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App