१७ असार २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारत-क्यानडा तनाव: भारतले निलम्बन गर्यो क्यानडामा भिसा सेवा

भारतले क्यानडामा जारी भिसा सेवालाई निलम्बन गरेको छ। क्यानडा र भारतबीच बढ्दो तनावका कारण भारतले क्यानडामा रहेको भिसा सेवालाई तत्कालका लागि निलम्बन गरेको हो।  

बीबीसीका अनुसार क्यानडाको भारतीय भिसा सेन्टरले आफ्नो वेबसाइटमा यस विषयमा जानकारी दिएको हो। वेबसाइटमा भारतीय मिशनको तर्फबाट जारी सूचनामा भनिएको छ, ‘२१ सेप्टेम्बर २०२३ देखि भारतीय भिसा सेवालाई नयाँ सूचना जारी नभएसम्मका लागि निलम्बन गरिएको छ।’

भारत र क्यानडाबीच पछिल्लो समय कुटनीतिक स्तरको विवाद चर्केको छ। क्यानडाले पहिले भारतीय कुटनितिज्ञलाई निस्कासित गरेको थियो। लगतै भारतले पनि क्यानेडियन कुटनितिज्ञलाई देश छोड्न उर्दी जारी गरेको थियो।  

प्रकाशित: ४ आश्विन २०८० ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App