२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियामा बाढीका कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुग्यो, १० हजार बेपत्ता

पूर्वी लिबियामा आएको विनाशकारी बाढीबाट मृत्यु हुनेको संख्या ५ हजार ५ सय पुगेको छ।

७ हजार बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् । त्रिपोलीस्थित आपत्कालीन सेवाका प्रवक्ता ओसामा अलीले मृतकको यकिन संख्या अझै निर्धारण गर्न नसकिएको र अझै पनि बाढीबाट प्रभावित क्षेत्रहरूबाट शव निकाल्ने काम भइरहेको बताउनु भयो।

बाढी प्रभावित क्षेत्रमा करिब १० हजार मानिस बेपत्ता भएको र ३० हजार बढी विस्थापित भएको बताइएको छ । साथै अत्यावश्यक सामग्रीहरूको समेत अभाव हुन थालेको बताइएको छ।भूमध्यसागरीय आँधी पछिको बाढीका कारण पूर्वी लिबियामा ठूलो क्षति भएको छ।

प्रकाशित: २८ भाद्र २०८० ०९:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App