१२ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लिबियामा विनाशकारी आँधिका कारण २ हजारभन्दा बढीको मृत्यु

लिबियामा विनाशकारी आँधिसहितको भू–स्खलनमा परी २ हजार जनाभन्दा बढीको मृत्यु भएको छ।  

पूर्वी लिबियाली सरकारका अनुसार हालसम्म आँधि, भू–स्खलनमा परी २ हजारभन्दा बढीको मृत्यु भएको र हजारौं मानिस बेपत्ता रहेका छन्।  

लिबिया क्षेत्रका एकजना विशेषज्ञ जालेलले बीबीसीलाई बताए अनुसार मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने छ।

डेनियल आँधिका कारण लिबियाका विभिन्न क्षेत्रमा भू–स्खलनका घटनाहरू पनि भएका छन्। जसलाई ध्यानमा राख्दै प्रशासनले आपतकाल अवस्था घोषणा गरेको छ।

पूर्वी लीबियामा आँधिको जोखिमलाई ध्यानमा राखेर कर्फ्यू जारी गरिएको छ भने विद्यालय, पसल र अन्य सार्वजनिक स्थान बन्द गरिएको छ।

लिबियास्थित रेड क्रसका अनुसार सुरुवाति तथ्याङ्क अनुसार १५० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। .

समाचार संस्था रोयटर्सका अनुसार डेरनामा रहेको दुई ओटा बाँध पनि भत्किएका छन्। डेरनामा लगभग ५० हजार मानिसको बसोबास रहेको छ।

पूर्वी लिबियाका प्रधानमन्त्री ओसामा हमदले बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको बताएका छन्। उनले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने भन्दै सबैलाई सतर्क रहन आग्रह गरेका छन् ।  

प्रकाशित: २६ भाद्र २०८० ०८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App