१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पुटिन र एर्दोआनबीच ब्ल्याक सी ग्रेनबारे छलफल

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैय्यप एर्दोआनबीच ब्ल्याक सी ग्रेनबारे छलफल भएको छ।  

समाचार संस्था सिन्हुवाका अनुसार सोमवार रूसको ब्ल्याक सी रिसोर्ट सोचीमा दुई देशका राष्ट्रप्रमुखबीच भेटवार्ता भएको हो। बैठकपछि बोल्दै टर्कीका राष्ट्रपति एर्दोआनले विश्वलाई ब्ल्याक सी ग्रेन इनिसिएटिभबारे सन्देश दिनु भनेको अविकसित अफ्रिकी देशहरूका लागि एक कदम अघि बढ्नु रहेको बताएका छन्।

एर्दोआन र पुटिनबीच द्विपक्षिय सम्बन्ध र क्षेत्रीय मुद्दामा पनि छलफल भएको छ। टर्की र रूस बीचको वैदेशिक व्यापार मात्रा ६२ बिलियन अमेरिकी डलर रहेको र सय बिलियन पुग्ने लक्ष्यतर्फ अग्रसर भएको राष्ट्रपति एर्दोआनले बताए।

टर्कीले रुस र युक्रेनबीच मध्यस्थकर्ताको रुपमा काम गर्दै आएको छ।

प्रकाशित: १९ भाद्र २०८० ०५:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App