५ आश्विन २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इजरायली विदेशमन्त्रीलाई भेटेपछि लिबियाकी विदेशमन्त्री निलम्बनमा

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्रीलाई निलम्बन गरेका छन् ।  

लिबियाकी विदेशमन्त्री नजला मंगोसले इजरायलका विदेशमन्त्री एली कोहेनसँग अनौपचारिक भेट गरेपछि उनलाई पदबाट निलम्बन गरिएको हो ।

लिबियाको संसदको सभामुखको कार्यालयले मंगोसलाई देशद्रोहको आरोप लगाएपछि  प्रधानमन्त्री अब्दुल हमिद दबेबाले उनलाई अनुसन्धानको लागि पठाएको बताएको छ ।

यता इजरायलका विदेशमन्त्री कोहेनले गत साता रोममा शिखर सम्मेलनको बेला लिबियायी विदेशमन्त्री मंगोससँग संयोगवश भेट भएको र दुई देशबीचको सम्बन्धबारे ठूलो सम्भावना रहेको विषयमा छलफल भएको बताएका छन् । उनले लिबियायी समकक्षीसँगको भेट ऐतिहासिक भएको पनि बताए ।

तर, लिबियाको विदेश मन्त्रालयले भने मंगौसले इजरायलका प्रतिनिधिहरूसँगको बैठक अस्वीकार गरेको दावी गरेको छ ।  

प्रकाशित: ११ भाद्र २०८० ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App