६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तान बम विस्फोटमा मृत्यु हुने ५४ पुगे

पाकिस्तानमा एक इस्लामिक राजनीतिक दलले आयोजना गरेको र्यालीमा भएको आत्मघाती बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या सोमबार रातिसम्म ५४ पुगेको छ। आइतबार भएको विस्फोटमा मृत्यु हुनेमा १२ वर्षमुनिका १२ जना रहेको सिएनएनले जनाएको छ। जमियत उलेमा–ए–इस्लाम–फज्ल (जेयुआई–एफ) को बैठक बसिरहेको उत्तर–पश्चिम बाजौर जिल्लामा भएको सो विस्फोटमा एक सयभन्दा बढी घाइते भएका छन्।

अफगानिस्तानसँग सीमा जोडिएको खैबर पख्तुनख्वा प्रान्तको पाकिस्तानी आदिवासी जिल्ला बाजौरको खार सहरमा आइतबार आयोजित जेयुआई–एफ कार्यकर्ताहरूको भेलामा सयौंको सहभागिता थियो। अधिकारीहरूले केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्। स्थानीय सरकारी अधिकारीले जिल्लाको सरकारी अस्पतालमा स्वास्थ्य आपत्काल घोषणा गरेका छन्। विस्फोटका कारण जेयुआई–एफका क्षेत्रीय नेता मौलाना जियाउल्लाहको मृत्यु भएको स्थानीय अधिकारीले बिबिसीलाई बताएका छन्।  

प्रकाशित: १६ श्रावण २०८० ०२:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App