१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

यात्रुबाहक बसमा आगो लाग्दा भारतमा २५ जनाको मृत्यु

मुम्बई–नागपुर एक्सप्रेसवेमा शनिबार बिहान एउटा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ। भीषण आगालागी भएपछि बसमा सवार अधिकांश यात्रुले निको हुने मौका समेत पाएका थिएन्। महाराष्ट्रको बुलढाना जिल्लाका एसपी सुनील कडासानेका अनुसार यस दुर्घटनामा अहिलेसम्म २५ जनाको मृत्यु भएको छ।

दुर्घटना हुँदा बसमा ३२ जना यात्रु रहेको बताइएको छ । आगोले निदाएका २५ यात्रुको मृत्यु भएको थियो भने आठ यात्रुले ज्यान जोगाउन सफल भएका थिए।

नागपुरबाट पुणे जाँदै गरेको यो बसको टायर बुलढानाको सिन्दखेड राजा नजिकै पड्किएको थियो। जसका कारण पहिले एउटा पिलर र त्यसपछि पुलमा ठोक्किएर आगलागी भएको बताइएको छ।  

यो ठक्करबाट बसको डिजेल ट्याङ्की ठोक्किएर विस्फोट भएको हो । दुर्घटनामा बाँचेका केही यात्रु सिसा तोडेर बाहिर निस्केर ज्यान जोगाउन सफल भएको एसपी कडास्नेले बताए ।

मृतकहरुको अझै सनाखत हुन सकेको छैन । विज्ञहरुले यसको अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित: १६ असार २०८० ०३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App