नयाँ दिल्ली – शिवसेनाका सासंद रविन्द्रमाथि एयर इन्डियाले यात्रामा लगाएको बन्देज हटाउन एयरका पीडित कर्मचारीसँग माफी माग्नुपर्ने भारतीय काँग्रेसको भनाई छ ।
भारतीय कंग्रेसका सांसदहरूले उनले राष्ट्रिय समस्याको समाधान तथा पीडितलाई न्यायको अनुभूती गराउनका लागि माफी माग्नुपर्ने भनेका छन् ।
उनीहरुले एयर इन्डिया र उनीबीचको विवाद नहटेकाले विवादलाई हटाउनका लागि पनि उनले माफी माग्नुपर्ने बताएका छन् । भारतीय कंग्रेसका सांसदहरुले उनको यस्तो व्यवहार प्रति एयर इन्डियाले गरेको यस्तो निर्णयको स्वागत समेत गरेका छन् । संसदले त्यस विषयमा कदम चाल्ने समेत कंग्रेस सांसद पि.एल पुनियाले टाइम्स अफ इन्डियासँग भने ।
सांसद रविन्द्रको टिकटलाई पुन एक पटक एयर इन्डियाले खारेज गरेको थियो । उनलाई गत साता एयर इन्डियाका ६२ वर्षीय कर्मचारीमाथि हातपात गरेको भनी एयर इन्डिया लगायतका प्रमुख ६ एयर लाइन्सले यात्रामा बन्देज गरेको थियो ।
प्रकाशित: १६ चैत्र २०७३ ०९:३० बुधबार