११ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पलाई झट्का, स्वास्थ्य सम्बन्धी विधेयक फिर्ता

वासिङ्टन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पर्याप्त समर्थन जुटाउन नसकेपछि स्वास्थ्य सेवा सम्बन्धी आफ्नो विधेयक संसदबाट फिर्ता लिएका छन् ।

आफ्नै पार्टीबाट पर्याप्त समर्थन प्राप्त नहुने देखेपछि संसद्मा मतदानको केही समय अघि शुक्रबार स्वास्थ्य सेवा सम्बन्धी विधेयक राष्ट्रपति ट्रम्पको निर्देशनमा सभामुख पल रायनले फिर्ता लिएका थिए ।

न्यूनतम २१५ रिपब्लिकनको समर्थन जुटाउन नसकेपछि अन्तिम समयमा गरिएको उक्त निर्णयलाई ट्रम्प प्रशासनको ठूलो धक्काका रुपमा हेरिएको छ।

‘आज हाम्रो देशका लागि महत्वपूर्ण दिन हो । यो अमेरिकी जनताको विजय हो,’ उनले भनिन् ।

राष्ट्रपति निर्वाचन अभियानका क्रममा पूर्व राष्ट्रपति बाराक ओबामाले ल्याएको स्वस्थ्य सेवा सम्बन्धी कानून ‘ओबामा हेल्थ केयर’ खारेज गर्ने वाचा ट्रम्पले गरेका थिए । त्यसै अनुरुप उनको प्रशासनले ओबामा हेल्थ केयरलाई निस्तेज पार्न केही साता अघि नयाँ हेल्थ केयर विधेयक कंग्रेसको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ मा दर्ता गरेको थियो । विधेयकमाथिको मतदान बिहीबारलाई तोकिए पनि रिपब्लिकन पार्टीको आन्तरिक संघर्षका कारण शुक्रबार मतदान हुने गरी स्थगित गरिएको थियो । तर विधेयक असफल हुने देखेपछि शुक्रबार नै फिर्ता लिइएको थियो।

आफूले अमेरिकी जनताका लागि अभिशाप भनेर टिप्पणी गर्दै आएको पूर्व राष्ट्रपति बराक ओबामाले ल्याएको स्वास्थ्यमा पहुँच उपलब्ध गराउने कानूनको विकल्प प्रस्तुत गर्ने मौका रिपब्लिकनहरुले सात वर्षपछि पाएका थिए ।

राष्ट्रपति ट्रम्पले चुनावमा ‘ओबामाकेयर’ कानूनको खारेजीलाई आफ्नो मुख्य मुद्दा नै बनाए पनि निर्णायक समयमा रिपब्लिकन एकमत हुन सकेनन् र विधयक फिर्ता लिनुपर्‍यो।

रिपब्लिकन भित्रका मध्यमार्गीहरुले ओबामा प्रशासनले प्रस्ताव गरेको स्वास्थ्य सेवा कटौती विधेयकमा सहमत हुन सकेनन् भने अनुदारवादीहरुले स्वास्थ्य सम्बन्धी विषयमा हुन लागेको कटौतीका प्रस्तावहरु अझै अपर्याप्त रहेको दृष्टिकोण राखेर मत विभाजन भएपछि असफल हुने डरले ट्रम्प प्रशासनले संसद्बाट विधेयक फिर्ता लिएको बताइएको छ ।

विधेयक फिर्ता लिएपछि राष्ट्रपति ट्रम्पले भने, ‘म एकदमै दुःखी छु किनभने हामीले गर्नसक्थ्यौं । नढाँटी भन्दा म छक्क परेको छु किनभने सबैथोक हाम्रै नियन्त्रणमा थियो । तर म भन्छु अझै यो भन्दा राम्रो विधेयक आउनेछ । उनले अहिलेको विधेयकमा आफूलाई पनि मन नपरिरहेका पक्ष थियो भनेका छन् ।

रायनले आवश्यक मत नपुगको भन्दै विधेयक फिर्ता लिनुपरेकोमा दुःख व्यक्त गरे। ट्रम्प प्रशासनले विधेयक फिर्ता लिएपछि  डेमोक्र्याट्सहरु भने खुसी भएको बिबिसीले जनाएको छ । ट्रम्पसँग पराजित भएकी डेमोक्र्याटिक उम्मेद्वार हिलारी क्लिन्टनले अमेरिकी जनताको जित भएको ट्विट गरेकी छिन्।

त्यसैगरी संसद्की विपक्षी नेतृ न्यान्सी पेलोसीले दशौं लाख मानिसको स्वास्थ्य सेवाको अधिकार रक्षा भएको बताएकी छिन् । ‘आज हाम्रो देशका लागि महत्वपूर्ण दिन हो । यो अमेरिकी जनताको विजय हो,’ उनले भनिन् ।

एउटा विन्दुमा अहिलेको स्वास्थ्य सेवाको प्रणाली विस्फोट हुने र त्यसबेला डेमोक्र्याट्सहरुले पनि अझै राम्रो स्वास्थ्य सेवाको योजना ल्याउन आफूलाई साथ दिने विश्वास राष्ट्रपति ट्रम्पले गरेको बिबिसीले जनाएको छ ।

स्वास्थ्यसम्बन्धी विधेयक फिर्ता लिइएपछि ट्रम्पको पक्षमा मतदान गरेका लाखौं मतादाताले भने आफूले भविष्यवाणी गरेजस्तो विपत्ति आउनुअघि नै ट्रम्पले स्वास्थ्य सेवाको पहुँच सुधार गर्ने र खर्च कटौती गर्ने आफ्नो चुनावी वाचा पूरा गरुन् भन्ने चाहेको बिबिसीले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०७३ ०७:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App