१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई आक्रमणमा परी सोमालियाका ३३ जना शरणार्थीको मृत्यु

साना – सोमालियाका शरणार्थी चढेको एउटा डुङ्गामा भएको हवाई आक्रमणमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने अरु २९ जना घाइते भएका छन् । 

डुङ्गामा झन्डै १५० जना यात्रु चढेको अन्तरराष्ट्रिय रेडक्रस समितिले शुक्रबार जनाएको छ । 

“होडेइडा नजिकै गएराति आक्रमण भएपछि महिला र बालबालिका कराएका थिए,” रेडक्रसद्वारा जारी वक्तव्यमा लेखिएको छ । 

आक्रमणपछि ३३ जनाको मृत्यु भएको, २९ जना घाइते भएको पाइएपनि अन्य यात्रु कोही हराएका र कोही स्थानीय उद्धारकर्मीको नियन्त्रणमा रहेको हुनसक्ने व्यक्तव्यमा जनाइएको छ । 

यो घटनाको दृश्य विभत्स थियो, मैले धेरै महिला, पुरुष र बालबालिका मारिएको देखेँ, साथै गम्भिर घाइते भएको देखेँ, रेडक्रसका इरिक क्रिष्टोफर वेसे भने । 

उनले थपे “सोमालिया र यमनको द्वन्द्वबाट भागेका शरणार्थी नै घटनामा परेका छन् ।” 

हुथी नियन्त्रीत सावा समाचार संस्थाले घटनाका बारेमा अहिलेसम्म कुनैपनि समूहले जिम्मेबारी नलिएको जनाएको छ । 

सानामा रहेको अन्तरराष्ट्रिय आप्रवासी सङ्गठनका प्रवक्ता सेवा अल मौलिमीले बिहीबार राति भएको सोमालियाका शरणार्थीको यात्राका बारेमा सङ्गठनलाई कुनै जानकारी नभएको सिन्ह्वालाई बताए । 

शरणार्थी सुडानतर्फ जाँदै गरेको सङ्गठनलाई धेरैपछि मात्रै थाहा भएको उनले बताए । रासस/सिन्ह्वा 

प्रकाशित: ५ चैत्र २०७३ ०८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App