१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ज्वालामुखी विष्फोटमा परी पत्रकार सहित १० घाइते

इटाली – इटालीको सिसिलीमा भएको ज्वालामुखी विष्फोटनमा परी पत्रकार सहित १० घाइते भएका छन्। घाइते हुनेमा समाचार संकलन गर्न गएका बिबिसीका पत्रकार, जर्मनी पर्यटक आदि रहेका छन् । ज्वालामुखी विष्फोटका क्रममा उत्पन्न भएको भयंकर आवाज तथा ढुङगाका टुक्राहरू उछ्छिटिएर उनीहरूको टोलीलाई लागेको र उनीहरू घाइते भएको भन्ने बिबिसीले जनाएको छ ।
एक ज्वालामुखी विश्लेषकका अनुसार उक्त ज्वालामुखी बिष्फोटन उनको ३० वर्षे लामो पेशागत जीवन कै एक खतराजनक तथा भयानक रहेको बताएका छन्। उक्त ज्वालामुखीलाई माउन्ट ऐन्टेना विश्वको एक सक्रिय ज्वालामुखी रहेको बताइएको छ ।
इटालीको उत्तरी सिसिलीका रहेको उक्त ऐट्ना क्षेत्रको ज्वालामुखी विगत दुई दिन यता सक्रिय भएको बताइएको छ ।
 

प्रकाशित: ४ चैत्र २०७३ ०८:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App