१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जहाज ल्यान्ड गर्ने बेलामा मोबाइल चलाएको कसुरमा ३ पक्राउ

बेइजिङ— जहाज उडान र अवतरण गर्ने समयमा एयरहोस्टेसले सधैँ घोषणा गर्छन्— कृपया आफ्नो मोबाइल फोन तथा इलेक्ट्रोनिक्स डिभाइस अफ गर्नुहोला। उडान र अवतरण गर्दा त्यस्ता डिभाइसले अप्ठ्यारो पार्ने भनाइ पाइलटहरुको रहँदै आएको छ।

जहाजको सो आदेश उल्लंघन गर्दा चीनमा तीन जना हवाइ यात्रु थुनामा परेका छन्।

जहाजको सो आदेश उल्लंघन गर्दा चीनमा तीन जना हवाइ यात्रु थुनामा परेका छन्।

चिनियाँ सुरक्षा निकायले जहाजको उडान समयमा मोबाइल फोन प्रयोग गरेको अभियोगमा तीन यात्रुलाई पक्राउ गरेको हो। चिनियाँ सुरक्षा अधिकारीले उनीहरुलाई पाँच दिनसम्मका लागि थुनामा पठाएका छन्। हेइलङ्गजाङ्गबाट बेइजिङ आएको जहाजमा यस्तो घटना भएको हो।

पक्राउमध्ये एक जनालाई चिनियाँ नागरिक उड्डयन प्रशासनले मोबाइलमा गीत सुनेको अभियोगमा थुनामा पठाएको छ। पक्राउ व्यक्तिको नाम वाङ भएको उल्लेख छ। पक्राउहरुको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

पक्राउ पर्ने अर्का व्यक्तिको नाम जाङ भएको पहिचान गरिएको छ। उनले जहाज ल्यान्ड गर्ने समयमा मोबाइल अफ गरेका थिएनन्। फोन कल गर्ने प्रयास गरेका थिए।

पक्राउ अर्का व्यक्तिको नाम निउ भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। तीन दिनको थुनापछि उनी मुक्त भइसकेको चिनियाँ नागरिक उड्डयन प्रशासनका अधिकारीले जनाएका छन्।

प्रकाशित: १ फाल्गुन २०७३ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App