छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन्।
अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ।
मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ। २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन्।
यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन्। विगत ६ महिनामा दुई ७० हजार भन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन्।
प्रकाशित: २३ फाल्गुन २०७९ १५:१९ मंगलबार