७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

 

युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण गरेको भन्दै युरोपेली सङ्घ (ईयू) ले शनिबार नयाँ प्रतिबन्ध लगाउने सहमति गरेको छ।

ईयू अन्तर्गतको स्वीडेनी प्रशासनले भनेको छ, “यो प्रतिबन्ध सैन्य र राजनीतिक निर्णयकर्ता, रुसी सैन्य उद्योगमा समर्थन गर्ने वा काम गर्ने कम्पनी र वाग्नर समूहका कमान्डरहरूलाई लक्षित गरिएको छ। रूसका केही ठूला बैंकहरूसँगको कारोबार पनि प्रतिबन्धित छ।

सैन्य ड्रोन निर्माण गर्ने थप तीन वटा रूसी बैंक र सातवटा इरानी ‘संस्था’ अर्थात् कम्पनी, एजेन्सी, राजनीतिक दल वा अन्य संस्थालाई सम्पत्ति रोक्का गरिएको हो।

ईयूको कार्यकारी शाखाले तीन हप्ता अघि प्रस्ताव गरेको नयाँ उपायहरू धेरै आन्तरिक कलह पछि युक्रेनमा रूसको आक्रमणको एक बर्ष पुगेको एक दिन पछि सार्वजनिक गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७९ १५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App