coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शक्तिशाली भूकम्पपछि टर्कीमा संकटकाल घोषणा

टर्कीमा सोमबार बिहान १५ मिनेटको फरकमा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी  करिब १२० भन्दा बढीको ज्यान गएकाे छ ।  

भूकम्पपछि टर्की सरकारले देशमा संकटकालको घोषणा गरेको छ ।  टर्कीका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै भूकम्पले भौतिक संरचना भत्कँदा टर्की र सिरियामा हालसम्म १२० जनाको मृत्यु भइसकेको बीबीसी हिन्दीले जनाएको छ । उद्दार कार्य जारी रहेकाेले मृत्यु  तथा घाइते हुनेको संख्या बढ्न सक्ने उद्दारमा संलग्न सुरक्षाकर्मीहरूले जनाएको छ ।  

टर्कीका गृहमन्त्री सुलेमान शोइलुले भूकम्पले देशका १० सहरमा ठूलो प्रभाव पारेको बताए । सबैभन्दा धेरै प्रभावित १० सहरहरूमा काहमानमार्श, हाते, गाजियन्टेप, ओस्मानी, अदियामान, सानलिउर्फा, मालत्या, अडाना, दियारबाकिर र किलिस हुन्।

स्थानीय समय अनुसार बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिक टर्कीको दक्षिणी क्षेत्रमा केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण ‘युएसजीएस’का अनुसार यस भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.८ मापन गरिएको छ ।  त्यसकाे करिब १५ मिनेटपछि अर्काे ठुलाे झट्का महसुस गरिएकाे थियाे ।

 

 

प्रकाशित: २३ माघ २०७९ ०५:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App