१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जासुसी गरेको अभियोगमा चिनियाँ इन्जिनियरलाई अमेरिकामा जेल सजाय

बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ।

सन् २०१३ मा विद्यार्थी भिसामा अमेरिका आएका र पछि सेनामा भर्ती भएका जी चाओचुनमाथि जियाङ्सु प्रान्तको सुरक्षा निकायलाई अमेरिकामा रहेका आठ व्यक्तिलाई काम दिन सकिने सूचना पठाएको आरोपमा छानविनपछि सजाय सुनाइएको हो। अमेरिकी वैज्ञानिक र इञ्जिनियरको पहिचान गरेको आरोप लागेको थियो।  

यो निकाय एक प्रमुख चिनियाँ गुप्तचर एकाइ भएको र अवैध रूपमा अमेरिकी औद्योगिक र व्यापारिक रहस्यहरू प्राप्त गर्न र योजनाहरू प्राप्त गर्न चीनले प्रयोग गरेको आरोप अमेरिकी अधिकारीले लगाएका छन्।  

सन् २०१८ को सेप्टेम्बरमा जीलाई पक्राउ गरिएको थियो, जसमा उनले चिनियाँ गुप्तचर निकायलाई आठ जनाको जीवनीसम्बन्धी जानकारी उपलब्ध गराएका थिए। ती सबै मूलतः चीन वा ताइवानका अङ्गीकृत अमेरिकी नागरिक थिए।  

करिब ३१ वर्षीय जीलाई सिकागोमा दुई सातालामो सुनुवाइपछि गैरकानुनी रूपमा विदेशी सरकारको एजेन्टको रूपमा काम गरेको र झूटो बयान दिएको अभियोगमा सेप्टेम्बरमा दोषी ठहर गरिएको थियो।

अमेरिकी अभियोजनकर्ताहरूले जासुसीसम्बन्धी मामिलाहरूमा अक्सर यो आरोप प्रयोग गर्छन् जहाँ अभियुक्त स्पष्ट रूपमा विदेशी गुप्तचर एजेन्ट होइन।

न्याय विभागका अनुसार जीले जियाङ्सु एकाइका डेपुटी डिभिजन डाइरेक्टर जू याञ्जुनको निर्देशनमा काम गरेको आरोप लगाइएको छ।

विश्वको अग्रणी विमान इन्जिन निर्माता मध्येको एक ओहायोस्थित जीई एभिएसन र अमेरिकी सैन्य आपूर्तिकर्तालगायत अन्य उड्डयन कम्पनीहरूबाट व्यापारिक गोप्य कुराहरू चोर्ने चिनियाँ प्रयाससँग जीको मुद्दा जोडिएको दावी गरिएको छ।  

त्यो प्रयासमा जू एक प्रमुख व्यक्ति थिए। सन् २०१८ मा बेल्जियममा पक्राउ परेका उनलाई पुर्पक्षका लागि अमेरिका सुपुर्दगी गरिएको थियो।

उनलाई सन् २०२१ को नोभेम्बरमा आर्थिक जासुसी गरेको र व्यापारिक गोपनीयता चोरीको प्रयास गरेको अभियोगमा दोषी ठहर गरिएको थियो। नोभेम्बर २०२२ मा जूलाई २० वर्षको जेल सजाय सुनाइएको थियो।

प्रकाशित: १३ माघ २०७९ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App