८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ। कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै सो वार्ता हुने भएको सूचना कोलम्बियाली सरकारले दिएको हो।

शनिबार यहाँको सो विद्राही समूह र सरकारी वार्ता टोलीका बीचमा सो सहमति भएको हो। यहाँको सरकारी वार्ता टोलीका प्रमुख ओटी प्याटिनोले सरकारी र विद्रोही समूहका वार्ता टोलीका सदस्यका बीचमा शनिबार वार्ता भएको र सो वार्तामा आगामी महिना शान्ति वार्ता हुने जानकारी दिए।

उनलेअबको वार्ता दोस्रो चरणको हो भन्दै यसबाट देशमा शान्ति स्थापनाका लागि सहयोग पुग्ने बताए।   अबको वार्तामा सरकारी पक्ष पनि आसावादी भएको र दुवै पक्ष सहमतिको नजिकमा पुग्ने सम्भावना धेरै रहेको पनि उनले बताए।

शनिबारको वार्ताका क्रममा दुवै पक्षका बीचमा धेरै कुरामा समझ्दारी भएको र आगामी केही दिनमा नै युद्धविरामको पनि सहमति हुने उनले  बताए।यहाँको सरकारले यहाँ दशकौँसम्म जारी रहेको हिंसाको अन्त्यका लागि शान्ति वार्ताका माध्यमबाट अधिकतम प्रयास गर्ने बताएको छ।

प्रकाशित: ८ माघ २०७९ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App