१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

युक्रेन युरोपियन युनियन र नेटोमा सहभागी हुने

युक्रेन सन् २०२३ मा युरोपियन युनियन र नेटोमा सहभमगी हुने भएको छ।

युक्रेनका प्रधानमन्त्री डेनिस सामियलले सन् २०२३ मा युक्रेनले गर्ने कामहरुमा युक्रेन युरोपियन युनियनमा सहभागी हुने देखि लिएर नेटोको सदस्यता लिनेसम्म राखेको बताइएको छ। उनले आगामी वर्ष युक्रेनको विजयको वर्ष हुने पनि सो प्राथमिकतमा जनाएका छन्।  

उनले भनेका छन्,'आगामी वर्ष युक्रेनेको विजयको वर्ष हुनेछ, हामीले जित्नेछौँ सन् २०२२ को विध्वंसपछिको पुनर्निमार्णका लागि हामी लाग्नेछौँ।' उनले रुसले गरेको आक्रमणबाट भएको क्षतिको निर्माण यसै वर्ष गरिने पनि जानकारी दिएका छन्।

उनले सबैभन्दा पहिलो प्राथमिकता यहाँको सुरक्षा व्यवस्थालाई मजबुद बनाउने रहेको भन्दै यसका लागि देशको सेनालाई सहयोग गर्ने पनि रहेको बताए।

उनले उर्जा, देशको आर्थिक क्षेत्रको विकास र विस्तार तथा युद्धमा युक्रेनका तर्फबाट लडेका योद्धाहरुलाई सम्मान गर्ने काम पनि यसै वर्षको प्राथमिकतामा रहेको बताए।

सार्वजनिक प्रशासनमा सुधार, शिक्षाको विकास र विस्तार देशका उर्जाको विकास र विस्तार लगायतका कार्यक्रमहरु यस वर्षमा गरिने कार्यक्रम पनि रहेको उनले बताए।

युक्रेनमा गत फेब्रुअरी महिनादेखि रुसले निरन्तर रुपमा हमला गरिरहेको छ। हतियारका माध्यमबाटै गरेको आक्रमणले युक्रेनको राजधानी किभलगायतका कैयौँ सहरका संरचनामा क्षति पुगेको छ। 

प्रकाशित: २० पुस २०७९ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App