२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बाटोन रोजमा तीन प्रहरीको गोली हानी हत्या

लियुसेनिया–अमेरिकी राज्य लियुसेनियाको बाटोन रोजमा एक बन्दुकधारीले प्रहरीलाई लक्षित गरी गोली चलाउदाँ तीन जना प्रहरीको मृत्यु भएको छ । ग्याभिन लङले प्रहरीलाई लक्षित गर्दै गोली प्रहार गर्दा तीन प्रहरीको मृत्यु भएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । प्रहरी कारबाहीमा बन्दुकधारी लङको पनि मृत्यु भएको पनि उनीहरुले बताएका छन् ।

अफ्रिकन अमेरिकन नागरिक रहेका लङले घटना भन्दा पहिले एउटा भिडियो पोस्ट गर्दै आफू प्रहरीले अफ्रिकन अमेरिकन नागरिकलाई गरेको विभेदले रुष्ट भएको बताएका थिए।

यता अमेरिक राष्ट्रपति बाराक ओबामाले सबै अमेरिकी नागरीकलाई  एकताबद्ध  र संयमित हुन आग्रह गरेका छन्।
वाइटहाउसबाट एक प्रत्यक्ष प्रसारित भिडियोमा ओबामाले भनेका छन् ,‘अमेरिकामा हालैका दिनमा प्रहरी लक्षित आक्रमण बढ्दै गएको छ , जातीय आधारमा र आवेगाम नै सवै आक्रमणमा उक्रनु राम्रे लक्ष्यण होइन, हामीमा सवै अमेरिकी हौं भन्ने भावनाको आवश्यकता छ।’
उनले सबै नागरीकलाई संयमित र शान्त रहन पनि आग्रह गरेका छन् । साथेै उनले कानुनको उल्लंघन गर्ने छुट प्रहरी र सर्वसाधरण दुवैलाई नभएको बताएका छन्।

अमेरिकामा हालैका दिनमा प्रहरी लक्षित आक्रमण बढ्दै गएको छ। दुई हप्ता पहिले प्रहरीले लियुसेनिया र मिन्नीस्टोनामा दुई अफ्रिकन अमेरिकनलाई गोली हानी हत्या गरेपछि त्यहाँ प्रहरी विरुद्ध प्रर्दशन भैरहेको छ । सोही क्रममा एक पुर्व सैनीकले गोली प्रहार गर्दा  डल्लासमा ५ प्रहरीको मृत्यु भएको थियो ।

 

प्रकाशित: ३ श्रावण २०७३ ०५:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App