१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शताब्द्धीपछि अमेरिकामा हिउँको आँधी, जनजीवन अस्तव्यस्त

न्युयोर्क–अमेरिकाको पूर्वी तटमा आएको भीषण हिउँसहितको आँधीले ११ राज्यको जनजीवन अन्तव्यस्त बनेको छ भने साढे आठ करोडभन्दा बढी मानिस प्रभावित भनेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

160123193446 us storm 624x351 afp

सरकारले आँधी प्रभावित ११ वटै राज्यमा संकटकालको घोषणा गरेको छ। आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको र तीमध्ये अधिकाशंको सवारी दुर्घटनामा परी मृत्यु भएको बीबीसीले जनाएको छ। अमेरिकामा शताब्द्धीकै सबैभन्दा भीषण हिउँसहितको आँधी आएको र यसलाई 'स्नोजिला' नाम दिइएको छ।

160123193733 us storm 624x351 afp

न्युयोर्कमा अत्यावश्यकीय बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ भने कयौं पुललाई अस्थायी रुपमा बन्द गरिएको छ। अमेरिकाको सो इलाकामा एक मिटर भन्दा धेरै हिउँ जमेको छ। लाखौं घरमा विजुलीकोलाइन बन्द छ भने कयौं स्थानमा सवारी साधान १२ घण्टादेखि सडकमै अड्किएका छन्।
160123193836 us storm 624x351 afp
न्युयोर्क जाने सबै उडान बन्द गरिएको छ। न्युयोर्कका गभर्नर एन्ड्रयू कोएमोले सर्वसाधारणलाई पुल भूमिगत सडकको प्रयोग गर्न रोक लगाएका छन्। आँधीका कारण सबैभन्दा बढी प्रभावित न्यु जर्सी र भर्जिनिया राज्य भएका छन्। केन्टकी र पेन्सिल्वेनियामा १२ घन्टासम्म ट्राफिलक जाम भएको खबर छ। राजधानी वाशिंटन डिसीको विमानस्थल आइतबार बन्द गरिएको छ।

160123193532 us storm 624x351 afp

160123194154 us storm 624x351 reuters

160123194059 us storm 624x351 epa

160123194457 us storm 624x351 afp

160123194239 us storm 624x351 getty

160123201251 us storm 624x351 reuters

160123193947 us storm 624x351 afp

160123193655 us storm 624x351 afp nocredit

160123193921 us storm 624x351 ap

प्रकाशित: १० माघ २०७२ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App