१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पाकिस्तानमा भूकम्प

इस्लामावाद–उत्तरी अफगानिस्तान र पाकिस्तानको उत्तर पश्चिम भागमा आइतबार भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्पको धक्का बुनेर, भालकन्द, स्वात तथा सो क्षेत्रका आसपासमा महशुस गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

अमेरिकी भूगर्भ सर्वेक्षण विभागका अनुसार भूकम्पको तीव्रता ५ रेक्टरस्केलका थियो। भूकम्पको गहिराई जमिनभन्दा ९०.७ किलोमिटर तल रहेको थियो। भूकम्पका कारण कुनै मानवीय तथा भौतिक क्षतिको विवरण आइनसकेको संचारमाध्यमले जनाएका छन्। सोही क्षेत्रमा २०१५ मा ७.५ रेक्टरस्केलको भूकम्प आएको थियो । जसमा परी ३ सयले ज्यान गुमाएका थिए।

प्रकाशित: १० माघ २०७२ ००:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App