१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कुन देशसँग कति आणविक हतियार ?

न्युयोर्क–अमेरिकी थिंक ट्यांक इन्टिच्यूट फर साइन्स एण्ड इन्टरनेशनल सेक्युरिटी अनुसार २०१४ सम्म भारतसँग ७५–१२५ न्युक्लियर बम बनाउनका लागि प्रयाप्त प्लूटोनियम उपलब्ध छ। थिंक ट्याकंको रिपोर्ट अनुसार भारतमा जति प्लुटोनियमको भडार छ, त्यसबाट उसले ११० देखि १७५ हतियार बनाउन सक्छ।तर रिपोर्टमा प्लुटोनियम भण्डारबाट भारतले बनाएको न्युक्लियर हतियारको वास्तविक संख्या यो भन्दा पनि कम हुनसक्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाउका छन्। गत मार्चमा अमेरिकी थिंक ट्यांक 'दि न्यूक्लियर इन्टरेक्टिव इन्फोग्राफिक' ले पाकिस्तानसँग अहिले भारतभन्दा दश परमाणु हतियार बढी रहेको जनाएको थियो। आगामी २०२० सम्म पाकिस्तानसँग करिब २ सय परमाणु हतियार हुने थिंक ट्यांकको रिपोर्टमा उल्लेख छ।

परमाणु हतियारको मामिलामा विश्वका अन्य देशको अवस्था पनि सार्वजनिक भएको छ। इन्फोग्राफिकको आँकडा अनुसार रुस र अमेरिकासँग सबैभन्दा बढी आणविक हतियार रहेको छ। रुससँग ५ हजार भन्दा बढी आणविक हतियार रहेको छ भने अमेरिकासँग पनि सोही परिमाणमा आणविक हतियार रहेको थिंक ट्याकंको रिपोर्टमा उल्लेख छ। फ्रान्ससँग करिब तीन सयको संख्यामा आणविक हतियार रहेको छ भने चीनसँग करिव २५० को संख्यामा परमाणु हतियार रहेको बताइएको छ। यसैगरी बेलायतसँग २२५, पाकिस्तानसँग १सयदेखि १२०, इजरायलसँग ८० आणविक हतियार रहेको थिंक ट्यांकले जनाएको छ। उत्तर कोरियाले २००६, २००९ र २०१३ मा आणविक परिक्षण गरेको थियो। तर, उत्तरसँग कति आणविक हतियार छन भन्ने खुल्न नसकेको जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७२ ०४:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App