जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको छ। अस्पतालको एक्स–रे सेवा बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राही मर्कामा परेका छन्।
अस्पतालको एक्स–रे उपकरणमा समस्या आउँदा पाँच दिनदेखि एक्स–रे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ। निर्वाचनका कारण बनाउनका समय लागेको बताउँदै एक्स–रे मा समस्या आएको उपकरण बनाउनका लागि काठमाडौं पठाइसकिएको अस्पताल प्रशासनले जनाएको छ।
आजदेखि एक्स–रे सेवा नियमित सञ्चालनमा आउने स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक कमल थानीले जानकारी दिए। पटकपटक एक्स–रे सेवा र सिटीस्क्यान बिग्रँदा प्रतिष्ठानको चर्को आलोचना हुने गरेको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ ०६:५४ मंगलबार

