१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

सुत्केरीको हेलिकप्टरमै मृत्यु

बागलुङको निसीखोला गाउँपालिका–३ की ३९ वर्षीया सुत्केरी मीना सुनारको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ।

सामाजिक सञ्जालमार्फत प्राप्त जानकारीअनुसार बोहरागाउँ स्वास्थ्य चौकीमा शिशु जन्माएपछि उनको स्वास्थ्यमा जटिलता देखिएको थियो। अत्यधिक पेट दुख्ने समस्या भएपछि उनलाई बुर्तिबाङ अस्पताल लगिएको थियो।

बुर्तिबाङ अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। तर पोखरा पुग्ने क्रममा उनको मृत्यु भएको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित: ६ श्रावण २०८३ १८:५३ बुधबार