नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छन् । जेनजी आन्दोलन घटनाको छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका उनी लगत्तै अस्पताल भर्ना भएका हुन् ।
हिरासतको समय अस्पतालमै बसेका ओली हिरासतबाट भने बिहीबार रिहा भएका छन् । तर उनको स्वास्थ्यका कारण अस्पताल मै छन् ।
अस्पतालले आगामी सोमबार ओलीको शल्यक्रिया गर्ने तयारी गरेको छ । ओलीको पित्तथैलीमा भएको स्टोन शल्यक्रिया गरेर निकाल्ने तयारी गरिएको छ ।
दुई पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीलाई अस्पालले आइसोलेसनमा राखेको छ ।
प्रकाशित: २६ चैत्र २०८२ १५:५२ बिहीबार





