८ चैत्र २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

आज विश्व मुख स्वास्थ्य दिवस

‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने नाराका साथ आज विश्वभर विश्व मुख स्वास्थ्य दिवस विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ।  विश्व स्वास्थ्य सङ्गठन तथा दन्त स्वास्थ्य विशेषज्ञहरूले मुख र दाँतको स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्दै दैनिक दाँत सफा गर्ने, नियमित रूपमा दन्त परीक्षण गराउने, र अत्यधिक चिनी तथा प्रशोधित खाद्य पदार्थबाट टाढा रहन सर्वसाधारणलाई सुझाव दिएका छन्। 

विशेषज्ञहरूका अनुसार, मुखको स्वास्थ्य राम्रो भएमा विभिन्न रोगहरूको जोखिम पनि कम हुन्छ। विश्व दन्त महासङ्घको आह्वानमा नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल दन्त चिकित्सक सङ्घ तथा विभिन्न स्वयंसेवी संस्थाहरूले दन्त स्वास्थ्यसम्बन्धी शिविर, जनचेतनामूलक कार्यक्रम र कार्यशालाहरू सञ्चालन गरिरहेका छन्। 

यो दिवस सन् २०१३ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ, जसको उद्देश्य विश्वभर मुख र दाँतको स्वास्थ्यबारे जनचेतना अभिवृद्धि गर्नु हो।   

प्रकाशित: ६ चैत्र २०८२ ०९:१६ शुक्रबार