१८ श्रावण २०८३ सोमबार
image/svg+xml
स्वास्थ्य

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सुरु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा सुलभ फार्मेसी सेवा सञ्चालनमा आएको छ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले २०८२ चैत १३ गते स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार यी दुई अस्पतालमा सेवा सुरु गरिएको हो।

मन्त्रालयका अनुसार सरकारी अस्पतालबाट सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराई बिरामीको उपचार खर्च कम गर्ने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनलाई प्राथमिकतामा राखिएको छ।

मन्त्री मेहताले सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीले आवश्यक औषधि सहज र किफायती मूल्यमा अस्पतालबाटै प्राप्त गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएकी थिइन्। सोही निर्देशनअनुसार वीर अस्पताल र ट्रमा सेन्टरमा सेवा सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।

अब यी अस्पतालमा सेवा लिन आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सहुलियत दरमा सहज रूपमा प्राप्त गर्न सक्ने मन्त्रालयको भनाइ छ। साथै, शासकीय सुधार कार्यसूचीअनुसार देशभरका सरकारी अस्पतालमा पनि क्रमशः सुलभ फार्मेसी सेवा विस्तार गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ असार २०८३ १९:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App