४ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

कर्णाली स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा पुजन रोकाया नियुक्त

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपतिमा डा.पुजन रोकाया नियुक्त भएका छन्। 

मंगलबार प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकायालाई उपकुलपतिका रुपमा नियुक्त गरेका हुन् । उनी चौथो उपकुलपतिका रुपमा नियुक्त भएका छन् ।

गत चैत महिनामा तत्कालीन उपकुलपति डा. मंगल रावलको कार्यकाल सकिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पद रिक्त थियो । 

अघिल्लो कार्यकालमा उपकुलपति पदका लागि डा. रोकायाको पनि दाबी थियो । प्रतिष्ठानका सहकुलपति स्वास्थ्य मन्त्रीले नाम सिफारिस गर्दा पनि उनी उपकुलपति हुन सकेका थिएनन्। डा। रोकाया विगत १२ वर्षदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल जुम्लामा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा कार्यरत छन् । जि. एम. डी. मोर्डन पब्लिक हाई स्कुल जुम्लाबाट एसएलसी उत्तीर्ण डा. रोकायाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुर्गम कोटाबाट नाम निकालेर एमबिबिएस उत्तीर्ण गरेका थिए ।

डा. रोकायाले टिचिङ अस्पताल महाराजगञ्ज काठमाडौंबाट हाडजोर्नी तथा नशा रोगमा एमडी गरेका थिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी तथा नशा रोग विभागमा विभागीय प्रमुख समेत रहेका डा. रोकाया प्रतिष्ठानको ईन्सटिच्युशनल रिभ्यु कमिटीमा लामो समय सदस्य सचिवको जिम्मेवारीमा थिए। रोकाया विगत १२ वर्षदेखि  जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा कार्यरत थिए। 

प्रकाशित: २८ श्रावण २०८२ ११:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App