नेपाल चिकित्सक संघले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले मात्र आधुनिक चिकित्सा अभ्यास गर्न आग्रह गरेको छ।
बुधबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत संघले गैरचिकित्सकले चिकित्सकीय अभ्यास गर्ने तथा औषधि सिफारिस गर्ने कार्यले आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले आधिकारिक डिग्री प्राप्त तथा कानुनी रूपमा दर्ता भएका चिकित्सकबाट मात्रै सेवा प्रवाह हुनुपर्ने जनाएको हो।
संघले नेपाल मेडिकल काउन्सिल ऐन, २०२० को दफा २७(१) को व्यवस्था स्मरण गराउँदै कुनै व्यक्तिले आधुनिक औषधिसम्बन्धी चिकित्सा कार्य गर्ने उद्देश्यले आफूले प्राप्त नगरेको डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडेर प्रयोग गर्न वा गराउन नपाइने कानुनी व्यवस्था रहेको स्पष्ट पारेको छ।
संघले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आधुनिक चिकित्सकीय सेवा प्रदान गर्ने कार्यमा कानुनी मापदण्डको पालना गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।
प्रकाशित: १७ असार २०८३ १७:५० बुधबार





-600x400.jpg)