२७ भाद्र २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

पुराना स्वास्थ्य बिमा सदस्यले अनिवार्य केवाइसी अपडेट गर्नुपर्ने

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध पुराना बीमितलाई अनिवार्य रूपमा केवाइसी अपडेट गर्न आग्रह गरेको छ।

बोर्डले बीमित र उनका परिवारको विवरण अद्यावधिक राख्न एक पोर्टल सञ्चालनमा ल्याएको छ। केवाइसी अपडेट गर्दा नाम, जन्ममिति, ठेगाना, मोबाइल नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, नागरिकता वा जन्मदर्ता विवरण तथा परिवारका सदस्यको विवरण सच्याउन र अद्यावधिक गर्न सकिनेछ।

केवाइसी अपडेट गर्न eportal.hib.gov.np मा गएर प्रक्रिया पूरा गर्न सकिनेछ।

May be an image of text

प्रकाशित: २७ भाद्र २०८३ ०७:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App