२८ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

मारिया अस्पताल बिनाअनुमति सञ्चालन

काठमाडौंको बालुवाटारस्थित मारिया अस्पताल (मारिया हेल्थ सेन्टर प्रालि) हाललाई बन्द गरिएको छ।

मेडिकल काउन्सिलले गरेको अनुगमनमा उक्त अस्पताल गैरकानुनी रूपमा  सञ्चालन भएकाले सिलबन्दी गरी हाललाई बन्द गरिएको बुझिएको मेडिकल काउन्सिलका निमित्त रजिष्ट्रार डा दीपेन्द्र पाण्डेले जानकारी दिए।

उनले बिनाअनुमति सञ्चालन रहेकाले उक्त अस्पतालका सञ्चालकमाथि कारबाही चलाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंमा पत्राचार गरिएको बताए।

काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ।

संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गर्ने नेपाली चिकित्सकलाई पनि दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा पाण्डेले जानकारी दिए।

प्रकाशित: २८ जेष्ठ २०८३ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App