मकवानपुर जिल्लाका ४० औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन्।
औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराजप्रसाद न्यौपानेले बताए।
प्रकाशित: ४ असार २०८३ १२:५७ बिहीबार





