१५ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

चुनौती बन्दै कुष्ठरोग नियन्त्रण

फाइल तस्बिर

कपिलवस्तुमा १३ वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिए पनि रोगीको संख्या बढदै गएको छ । वर्षौदेखि शून्यमा झार्ने अभियान चलाइरहँदा कपिलवस्तुमा भने कुष्ठरोगीको संख्या बढदै गएको छ ।  

चेतनाको अभाव नै कुष्ठरोगी बढ्नुको मुख्य कारण भएको बताउँछन् स्वास्थ्यकर्मी । कुष्ठरोगीको संख्या नघटेपछि नियन्त्रणमा चुनौती देखिएको छ । प्रति १० हजार जनसंख्या बराबर १ बिरामीभन्दा कम हुनुपर्नेमा गत आर्थिक वर्ष २०८०/०८१ मा १ दशमलव ८ का दरले १ सय २८ नयाँ कुष्ठरोगी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय तौलिहवामा आयोजित अन्तर्क्रिया कार्यक्रममा क्षयकुष्ट निरीक्षक मोहोम्मद ईरफानले बताए । यो दर प्रति दश हजारको हो । 

देशमा कुष्टरोगीको फेला पर्ने दर शून्य दशमलव ८८ छ । त्यस हिसाबले समेत कपिलवस्तुमा फेला पर्ने दर दोब्बर छ । २०८०/०८१ मा २ दशमलव ७ प्रतिशतका दरले १ सय ८८ कुष्ठ रोगी फेला परेको थिए । गत वर्ष ७५ पुरुष र ५३ महिला कुष्टरोगी फेला परेका थिए । आर्थिक वर्ष २०७९/८० मा २ दशमलव १ प्रतिशतको दरले वर्ष १ सय ६७ जना नयाँ कुष्ठरोगी फेला परेका थिए । गत आर्थिक वर्षमा १४ वर्ष भन्दा कम उमेरका ४ जना रोगी समेत फेला परेका छन । यस्तै ४ जना अपांगता भएका फेला परेको छन । आर्थिक वर्ष २०७८/०७९ मा १ दशमल ८ प्रतिशतका दरले  वर्ष १ सय २३ जना नया कुष्ठ रोगी फेला परेका थिए । २०७७/०७८ मा १ दशमलव ९ का दरले १ सय २८ जना रोगी फेला परेका थिए ।  

No description available.

जिल्लाबाट १३  वर्ष अघि कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर अशिक्षा र खुला सीमाका कारण ओहोरदोहर बढ्दा बिरामी बढदै गएका छन् । अहिले बिरामी बढदै जाँदा रोग निवारण भएको घोषणा कायम राख्न चुनौती बनेको छ । जिल्लाको जनसंख्याको प्रति १० हजारमा १ जना भन्दा कम बिरामी भए कुष्ठरोग निवारण भएको मानिन्छ । त्यो बढेर दोब्बर हुन भएको  छ  । बिरामी बढदै जाँदा रोग उन्मुलन भएको घोषणा समस्या बनेको छ । मुलुकबाट ०६६ माघ ५ मा जनस्वास्थ्य समस्याबाट राष्ट्रिय स्तरमै कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । तर कपिलवस्तुमा ९ वर्षदेखि बिरामी बढदै गएका छन् ।

कुष्ठ रोगले तत्कालै ठुलो समस्या नपर्दासम्म अस्पताल नजाने प्रबृति छ । लामो समय अस्पताल नजादा रोग जटिल बन्दै गई अंगभंग हुने अवस्था आउँछ । त्यसपछि समस्या हुन थालेपछि मात्र बिरामी स्वास्थ्य केन्द्रसम्म पुग्ने गर्छन् । ‘समस्या गाह्रो बन्दै गएको छ’ स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ‘ जति खोज्यो  उत्ति नै रोगी फेला परेका छन।’  

भारतसँगको खुला सीमाका कारण तराईका जिल्लामा कुष्ठरोग निवारण समस्या र चुनौती भईरहेको उनले बताए । 

प्रकाशित: २७ आश्विन २०८२ २१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App