२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

क्यान्सरको अत्यावश्यक औषधिको मूल्य समायोजन गर्ने गृहकार्य

क्यान्सर उपचारमा प्रयोग हुने अति आवश्यक औषधिको मूल्य समायोजन गर्ने तयारी भइरहेको औषधी व्यवस्था विभागले जनाएको छ।

विभागका सूचना अधिकारी  किरण सुन्दर बज्राचार्यको अनुसार यी औषधिमा कायम भएको उत्पादक तथा विक्री लागत वृद्धि भएसँगै नेपालमा पनि समायोजन गर्ने गरी  गृहकार्य भइरहेको हो।

‘स्वास्थ्य तथा  खाद्य मन्त्रालयसँग छलफल भइरहेको छ, मूल्य समायोजन गर्ने गरी पहल भइरहेको छ’, उनले भने।

एक सातादेखि क्यान्सरको उपचारमा अति आवश्यक औषधीहरू कार्वोप्लाटिन र सिसप्लाटिन, नर्मल सलाइनको अभाव हुन थालेपछि विभागले पहल सुरु गरेको हो।

यी दुवै औषधि किमोथेरापीको लागि भएकोले दुवै औषधी किमोथेरापीको लागि उपयोगी र अति आवश्यक मानिन्छ।

औषधी उत्पादनको लागि आवश्यक कच्चा पदार्थहरू महँगिएपछि औषधिको उत्पादन मूल्य बढेको नेपालमा सो अनुसार मूल्य समायोजन गर्न राजपत्रमा २०७३ सालमा दररेट तोकिएको हुनाले मूल्य वृद्धि अवरुद्ध भएको थियो।

अहिलेको अवरोध लक्षित गर्दै  मूल्य समायोजनको बाधा फुकुवा गर्न नेपाल औषधी आयत संघले माग गरेको थियो। सोही माग बमोजिम औषधि व्यवस्था विभागले तत्कालै प्रक्रिया अघि बढाएको हो।

यसको साथै आयातकर्तालाई सम्पर्क गरी विभागले तत्कालै बिरामीलाई आवश्यकता अनुसार आपूर्ति गर्ने प्रयास गरेको छ।  

औषधी प्राप्त गर्नको लागि बिरामीको हकमा औषधि व्यवस्था विभागले उपलब्ध गराएको फोन नम्वरमा बिहान १० देखि ११ बजेभित्र सम्पर्क गर्न सूचना जारी गरेको छ।

अर्को व्यवस्था नभएसम्मका लागि औषधि केही समय मात्र आपूर्ति गर्न सकिने औषधी व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले बताए।

अत्यावश्यक औषधि भएकोले औषधि आयत कम्पनीहरूले घाटा खाएर पनि करिब तीन साताको लागि औषधिको प्रबन्ध गरेको औषधि आयत कम्पनीको अध्यक्ष मधु पौडेलले बताइन्। पौडेलले हालको लागि बङ्गलादेशबाट आयत गरेको बताए।

विभागले सूचना जारी गरे पनि सबै बिरामीले सहज पाउन नसकेको उपचारार्थ बिरामीहरूले बताएका छन्। मंगलबार वीर अस्पतालमा भेटिएकी महोत्तरीकी  ६५ वर्षीया जशोधादेवी चौधरी मध्यान्हसम्म किमोथेरापीको पर्खाइमा थिइन्। उनले समयमै औषधी खोजेर  ल्याउन नसकेपछि  किमोथेरापी सुरु भएको थिएन। उनी यो अस्पतालमा अघिल्लो दिनदेखि नै भर्ना भएकी हुन्।  

वीरकै डेकेयरमा  भर्ना भएकी ३३ वर्षीय कौशदेवी ओड पनि किमोथेरापीको पर्खाइमा थिइन्। धेरै ठाउँमा खोजेपछि मात्र औषधी पाएको उनका पति शुकराम ओडले बताए।

वार्डमै किमोथेरापीको पर्माखाइत्र थिइन सुन्धाराकी ठूलीनानी तामा।  आफन्त औषधी खोज्न गए पनि मध्यान्हसम्म  भेट्न सकेका थिएनन्। केही बिरामीले भने आफ्नो तरिकाले खोजेर लिएको वार्डका नर्सहरूले जानकारी दिए।

सरकारले समयमै उचित निकास नदिएसम्म क्यान्सरका बिरामी प्रभावित हुने वीर अस्पताल अन्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले बताए।

प्रकाशित: १२ जेष्ठ २०८३ १७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App