२१ मंसिर २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मीको प्रदर्शन आज पनि

धनुषाका निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको आन्दोलन बुधबार पनि जारी रह्यो ।

विगत एक हप्तादेखि सरकारले तोके अनुसारको तलब पाउनु पर्ने लगायतका माग राख्दै आन्दोलनमा उत्रिएकका चिकित्सकले आज जनकपुरधामस्थित मधेस भवन (मधेस प्रदेशका मन्त्रालयहरु भएको स्थान) अगाडि सडकमै विरोध प्रदर्शन गरेका छन् ।  

जनकपुरधामका निजी अस्पतालहरुले चिकित्सकलाई कार्य अवधि भन्दा बढी काम गराउने, ८ हजार देखि १२ हजारसम्म मात्र तलब दिने, कुनै गुनासो गरे कामबाट हटाउने जस्ता कार्य गर्ने गरेको विरोधमा खबरदारी गरेको स्वास्थ्यकर्मी उदय साहले बताए ।

आफ्ना समस्या सम्बन्धित सम्पूर्ण निकायलाई गएर सुनाएपछि आश्वासन बाहेक केही नपाएको उनीहरुको आरोप छ । आजै उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि पनि धर्ना दिएका थिए ।  

धनुषाका प्रमुख जिल्ला अधिकारीले उनीहरुलाई छलफल गर्न बोलाएर समस्या सुनेका थिए । तर प्रजिअ प्रेमप्रसाद लुइटेलले उनीहरुको समस्या समाधान सम्बन्धित निकायले मात्र गर्न सक्ने र जिल्ला प्रशासन कार्यालयको हक अधिकार भन्दा माथिको कुरा रहेको बताएका थिए । स्वास्थ्यकर्मी साहले न्यूनतम तलब ज्याला आफूहरुले पाउने वातावरण नबनेसम्म आन्दोलन जारी राख्ने बताए ।

प्रकाशित: १९ कार्तिक २०८२ १८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App