२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य मन्त्री मेहताले गरिन वीर र शहीद गंगालाल अस्पतालकाे आकस्मिक अनुगमन

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले वीर अस्पताल र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक अनुगमन गरेकी छन्। 

अस्पतालले प्रवाह गर्ने सेवाको वास्तविक अवस्था र सर्वसाधारणले भोग्नुपरेका सास्तीबारे जानकारी लिन उनी कुनै पूर्व जानकारी विना नै अस्पताल पुगेकी हुन्। अस्पतालको सरसफाई, बिरामीको चाप र लामा लाइन, औषधि अभाव तथा स्वास्थ्य बिमामा देखिएका जटिलताका विषयमा चासो देखाएर उनी अस्पताल पुगेकी थिइन्। 

अनुगमनका क्रममा नागरिकहरूले स्वास्थ्य बीमाको लाभ लिन भोग्नुपरेका झन्झट र सामान्य औषधोपचारमा पनि घण्टौ कुर्नुपर्ने समस्याका बारेमा मन्त्री मेहताको चासो थियो। अनुगमनपछि उनले अस्पताल प्रशासन र सम्बन्धित पदाधिकारीहरूलाई अस्पतालको सरसफाईमा ध्यान दिन, बिरामीको पालो व्यवस्थापनलाई प्रविधिमैत्री र सहज बनाउन तथा औषधि आपूर्तिमा देखिएका अवरोध तत्काल हटाउन निर्देशन दिइन्।  

'जनताले सरकारी अस्पतालमा सेवा पाउँदा झन्झट होइन, राहत महसुस गर्नुपर्छ।,' उनले भनिन्। उनले देखिएका समस्या समाधानका लागि मन्त्रालयले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

प्रकाशित: २९ चैत्र २०८२ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App