जेन-जी समूहको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।
भदौ २३ र २४ गते काठमाडौं उपत्यकासहित देशैभर भएको जेनजी प्रदर्शनका क्रममा उनीहरुको ज्यान गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बिहीबार उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ ।
प्रदर्शनका क्रममा घाइते भएका ३२२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । गम्भीर अवस्थाका ७२ जनालाई सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ।
आन्दोलनका क्रममा एक हजार ७७० जना घाइते भएको र तीमध्ये १ हजार ३३० जना डिस्चार्ज भइसकेका छन्।
प्रकाशित: २६ भाद्र २०८२ २३:५३ बिहीबार





