२ वैशाख २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

मन्त्रीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान छोड्न नमान्दा उपकुलपति नियुक्तिमा थप ढिलाइ

डेढ महिनादेखि सुरु भएको स्वास्थ्य विज्ञान प्रतिष्ठान नियुक्ति प्रक्रिया डेढ महिनासम्म प्रारम्भिक छनौट समितिभित्रै अल्झिएको छ । गत वैशाख यता क्रमशः खालि भएका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति पद खालि भएपछि उपकुलपति नियुक्ति प्रक्रिया सुरु भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान चार महिनादेखि खालि छन् ।  

रिक्त पदमा पूर्ति गर्ने उद्देश्यले सरकारले स्वास्थ्यमन्त्रीको संयोजनत्वमा असार ४ गते नै सर्च कमिटी गठन गरेको थियो। उक्त कमिटीको अन्य सदस्यहरूमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा। आरपी बिच्छा सदस्य छन् । प्रक्रिया अनुसार यो समितिले कम्तीमा एउटा प्रतिष्ठानको लागि ६ नाम सिफारिस गर्नु पर्छ । यो प्रक्रिया पुरा भएपछि मात्र उपकुलपति तथा  प्रधानमन्त्रीले अन्तिम निर्णय गर्नु पर्छ ।

तर प्रारम्भिक सिफारिसमै भाग बण्डा नमिल्ने गरी समितिले नाम सिफारिस गरेपछि नियुक्तिमा ढिलाइ भएको स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार कमिटीले चिकित्सा शिक्षामा गुणस्तर कायम गर्न सक्ने प्राज्ञिक भन्दा पनि आर्थिक लाभ दिन सक्ने व्यक्तिलाई प्राथमिकता दिँदा ढिलाइ भएको हो । पहिला नाम सिफारिस मै ढिला भएको त्यसपछि एमाले र कांग्रेस बिच भाग बण्डा नमिलेर ढिलाइ भएको देखिन्छ । 

स्रोतको अनुसार पहिला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कांग्रेसको भागमा र पोखरा र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान एमालेको भागमा परेको थियो । पछि स्वास्थ्य मन्त्रीले पोखरा स्वास्थ्य विज्ञान छोड्न नमानेपछि थप ढिलाइ भएको हो । ढिला गरी मंगलबार मात्र उपकुलपति छनौटको लागि नाम सूची तयार गरेको छ । 

यो बिषयमा सर्च कमिटीका सदस्य डा. विकास देवकोटाले केही दिनमै निर्णय हुने बताए । ‘अव दुई/चार दिनमै यो उपकुलपतिको निर्णय अघि बढ्छ’ उनले भने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले भने विदेश भ्रमणमा  गएका प्रधानमन्त्री स्वदेश फर्के लगत्तै निर्णय हुने बताए । उनले भने, ‘दुई चार दिनमा यसको टुङ्गो लाग्छ’ उनले भने । सर्च कमिटीका सदस्य तथा राष्ट्रिय  योजना आयोगका स्वास्थ्य सदस्य डा। आरपि बिच्छाले भने यस बारेमा आफू जानकार नभएको बताए ।

प्रकाशित: २० श्रावण २०८२ १७:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App