१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

सहयाेग लिएर आँखा शिविरमा आएका वृद्धहरू उपचारपछि आफैं फर्किए

पर्वतको मोदी गाउँपालिकामा सञ्चालित  निःशुल्क आँखा शिविरमा  एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ। नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो।

आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो। उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन्। उनले भनिन्, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन्। ”

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बसेका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताए। वर्षौंदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित छन्।  

प्रकाशित: १६ चैत्र २०८२ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App