३१ वैशाख २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

चिकित्सक सङ्घको अध्यक्षमा डा. रिजाल निर्वाचित

नेपाल चिकित्सक सङ्घमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।  

डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिए। उनका अनुसार रिजालका निकटत प्रतिद्वन्द्वी डा. मङ्गल रावलले दुई हजार ९४० मत पाए।  

यस्ते वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन्।  

उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेसबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा. यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भए।  

कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहसचिव डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन्। सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य निर्वाचित भएका छन्। सङ्घको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो।  

निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो।

प्रकाशित: २२ वैशाख २०८३ १८:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App