१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए। उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेङ्गीका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए। 

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएको बताएका छन्।

वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन्। रासस

प्रकाशित: ५ भाद्र २०८२ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App