२० श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

सिभिल अस्पतालमा तीन महिनादेखि सिटीस्क्यान बन्द, बिरामी मर्कामा

सिभिल अस्पतालमा तीन महिनादेखि सिटीस्क्यान मेसिन बिग्रिएपछि बिरामी मर्कामा परेका छन्। 

लामो समयदेखि मेसिन बिग्रिँदा सेवा लिन बिरामी अस्पताल बाहिर जान बाध्य भएका छन् भने कतिपयले महँगो शुल्क तिरेर विकल्पका रूपमा एमआरआई सेवा लिन थालेका छन्।

अस्पतालका अनुसार बिग्रिएको मेसिन मर्मत गर्न अझै दुईदेखि तीन महिना लाग्ने सम्भावना छ। रेडियोलोजी विभागले मर्मत प्रक्रियामा ढिलाइ भएको जनाएको छ। सूचना अधिकारी रञ्जना नेपालका अनुसार मेसिन मर्मत गर्ने प्रक्रिया र दायित्वबारे सहमति नजुट्दा ढिलाइ भएको हो। 'अस्पतालले सोही कम्पनीमार्फत बनाउनुपर्ने व्यवस्था छ, प्रक्रिया जारी छ,' उनले भनिन्।

अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले सिटीस्क्यानको बिग्रिएको पार्टपुर्जा महँगो पर्ने भएकाले खरिद प्रक्रिया पूरा गर्न समय लागेको बताए। 'हामी सकेसम्म छिटो गर्ने प्रयासमा छौं, तर प्रक्रियागत कारणले ढिलाइ भएको हो,' उनले भने।

अस्पतालमा दैनिक औसत ३० देखि ३५ जनाले सिटीस्क्यान सेवा लिने गरेका छन्।

प्रकाशित: १५ वैशाख २०८३ १४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App