२३ श्रावण २०८३ शनिबार
image/svg+xml
स्वास्थ्य

कानुनी प्रक्रियाबिनै औषधिको मूल्य वृद्धि, छानबिन गर्न समिति गठन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरिएको भन्दै उजुरी आएपछि छानबिन गर्न समिति गठन गरेको छ।

औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानुनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भनी उजुरी प्राप्त भएकाले सो विषयमा के कसो भएको हो भनेर छानबिन गर्न समिति गठन गरिएको जारी पत्रमा उल्लेख छ।

औषधिको मूल्य निर्धारण प्रक्रिया के हो? उक्त प्रक्रिया पूरा गरी काम भएको हो वा होइन, औषधिको मूल्य निर्धारण प्रक्रियामा अनियमितता भएको भए को कसको संलग्नता भएको हो? सो समेतका सम्पूर्ण विषय खुलाई छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समय समेत दिइएको छ।

औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकालले कानुनी प्रक्रिया पूरा नगरी औषधिको मूल्य बढाउने निर्णय गरेका थिए।

को-को छन् समितिमा सदस्य?

डा श्रीकृष्ण श्रेष्ठ- अतिरिक्त स्वास्थ्य सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (संयोजक)
गोपीकृष्ण रेग्मी- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कानुन शाखा (सदस्य)
कविन मलेकु- विषय विज्ञ (सदस्य) 

प्रकाशित: २७ चैत्र २०८२ २०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App