सरकारको लागि हरेक वर्ष बालबालिका खोप लिन छुटेकोमा चिन्ता हुन्थ्यो । खोप नलिएको कारण बालबालिका भविष्यमा गम्भीर रोगको संक्रमण हुने र यो ती रोग अरूलाई पनि फैलिने ।
तर यो वर्ष नेपाल सरकार एकै वर्षमा ७७ अै जिल्लालाई पूर्ण खोप दिन सफल भएको छ । शाखाले गत वैशाख महिनामा देशभर ‘ खोज र खोप ’ अभियान सञ्चालन गरेको थियो ।
यो अभियान सञ्चालन भएपछि बितेका वर्षहरूमा पाँचदेखि दश जिल्ला, बिसदेखि पच्चिस जिल्ला मात्र पूर्ण खोप घोषणा गर्न सफल हुने गरेकोमा यो वर्ष एकै वर्षमा ७७ अै जिल्ला पूर्ण खोप हुन सफल भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।
नेपालमा हरेक वर्ष नियमित तथा विशेष खोप अभियान चलेपनि प्रति वर्ष खोप लिन छुट्ने बालबालिकाको संख्या धेरै हुने गरेकोमा यो वर्ष कुनै पनि बालबालिका नछुटेको डा. अभियानको दाबी छ ।
नेपाल जनसांखिक स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १२ देखि २३ महिना उमेर समूहका ८० प्रतिशत बालबालिकाले सबै खोप लिएको पाइएको छ । आधारभूत खोप कभरेज २०११ म ८७ प्रतिशत, २०१६ मा ७८ प्रतिशत थियो ।
सरकारले १२ देखि २३ महिनाभित्रका बालबालिकालाई निःशुल्क आधारभूत खोप दिँदै आएको छ । जुन खोप तालिका अनुसार एफआइभी खोप दुई मात्रा, न्यूमोकोकल तीन मात्रा, रोटाभाइरस दुई मात्रा, जापानिज इन्सोप्लाइटिश एक मात्रा खोप अनिवार्य लगाउनु पर्छ । यी खोप मध्येमा कुनै एक मात्रा छुटेमा बालबालिकामा यी निमोनियाँ,झाडापखाला, ल्युकिमिया,प्रतिरक्षा प्रणाली विकास गर्न र विभिन्न घातक रोग विरुद्ध लड्ने क्षमता नभई रोग लाग्ने चिकित्सक बताउँछन् ।
नेपालमा हरेक वर्ष नियमित खोप अपूर्ण भएपछि सरकारले २०६९ देखि ‘खोज र खोप’ अभियान सुरु गरेको थियो । अभियान सञ्चालन भएपनि अपेक्षित परिणाम आउन नसकेको कारण यो वर्ष महाशाखाले योजना तर्जुमा गर्दा नै ध्यान पुर्याएर बहुआयमिक क्षेत्र समेट्ने गरी जनचेतना तथा सूचना प्रवाह गर्ने गरेकोले कार्यक्रम सफल भएको डा. अभियान बताउँछन् ।
उनको अनुसार यो वर्ष सरकारले प्याव्सन, एन्ड प्याव्सन, आमा समूह, स्थानीय निकाय, मिडिया, सामाजिक सञ्जाल सबै सञ्चार माध्यमको प्रयोग गरी अभियान मार्फत खोप लिनको लागि अपिल गरेको थियो । यसको साथै केही जिल्लाहरूले पूर्ण खोप लिएका घरहरूमा ‘ पूर्ण खोप घर’ लिखित स्टिकर टाँसिदिने गरेका थिए । यो अभियानले हरेक घरमा सूचना प्रवाह भई खोप लिनमा आकर्षित भएको डा. गौतमको भनाइ छ ।
प्रकाशित: ३० श्रावण २०८२ २०:५३ शुक्रबार





