२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

मधुमेहले विगार्न सक्छ आँखा

आँखा परिक्षणका लागि अस्पतालमा आउने २८ प्रतिशत  बिरामीमा मधुमेह रोग लागेको पाइएको छ। विश्व मधुमेह दिवसका अवसरमा गोल्छा आँखा अस्पतालले विराटनगरमा सोमबार  आयोजना गरेको सञ्चारकर्मीसँग को अन्तक्रियामा चिकित्सकहरूले अस्पतालमा आँखा जाँच गर्न आउने २८ प्रतिशत विरामीमा मधुमेह रोग लागेको पाइएको जानकारी दिएका हुन्।  

मधुमेह रोगले आँखामा गम्भीर असर पार्नसक्ने भएकाले मधुमेह रोगीले हरेक ६ महिनामा आँखा परिक्षण गराउन चिकित्सकहरूले सुझाव पनि दिएका छन्। गोल्छा आँखा अस्पतालका डा सुवास पोखरेलले मधुमेहका बिरामीहरूले अनिवार्य आँखाको परिक्षण गर्नुपर्ने बताए।  

उनले मधुमेहले आँखामा समस्या पार्ने भएकाले समयमै आँखा जाँच नगरे दृष्टिसमेत गुम्नसक्ने स्पष्ट पारे। उनले भने,‘मधुमेह रोग लागेका बिरामीले हरेक ६ महिनामा नियमित रुपमा आँखा परिक्षण नगरे र आँखामा समस्या आउँदा हेलचक्राइ गरे दृष्टिसमेत गुम्न सक्छ।’  

आँखामा पटक–पटक आनो आए, आँखा सुख्खा हुने, छिटो–छिटो चस्माको पावर परिवर्तन नहुने लगायतका लक्षणहरू देखिए मधुमेह लागेको हुनसक्ने डा पोखरेलले बताए। गोल्छा आँखा अस्पतालका प्रमुख प्रशासक विन्देश्वर महतोले गोल्छा आँखा अस्पतालमा दैनिक ३ सयदेखि ३ सय ५० जना आँखा जाँच गर्न आउने गरेको जानकारी दिए। अस्पतालमा आँखा जाँच गर्न आउने मध्ये २८ प्रतिशत मधुमेहका रोगी हुनेगरेको महतोले बताए।  

प्रकाशित: २८ कार्तिक २०७९ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App