१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बुढीगंगामा पालिका स्तरिय अस्पतालको भवन शिलन्याश

मोरङ बुढीगंगा स्थित पालिका स्तरिय अस्पतालमा डाइनाष्टिक सेवाको उद्घाटन गर्दै बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापालगायत। तस्बिरः चुमन बस्नेत/नागरिक

मोरङको बुढीगंगा गाउँपालिकामा पालिका स्तरिय अस्पताल भवनको शिलान्याश गरिएको छ। बिहीबार बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापाले उक्त भवनको शिलन्याश गरेका हुन्।  आरती स्ट्रीप्स, नेपाल लिकर लिमिटेड, सुर्य नेपाल र हिमगिरि सोप एण्ड केमिलको आर्थिक सहयोगमा बुढीगंगास्थित पालिकास्तरिय अस्पतालको आकष्मिकसेवा भवन निर्माणको तयारी गरिएको हो। 

पालिका स्तरिय अस्पतालबाट चौबिसै घण्टा आकष्मिकसहितका स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्थानिय उद्योगहरूको सहयोगमा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष थापाले बताए। उनले १ करोड रुपैयाँको लागतमा सुविधासम्पन्न भवन निर्माण हुने बताए।  यस्तै बिहीबारदेखि  नै अस्पतालले डाइनाष्टिक सेवा पनि सञ्चालनमा ल्याएको छ।

करिब ६४ लाख रुपैयाँ लागतमा डाइनाष्टिक सेवका उपकरणहरू जडान गरी सेवा प्रदान गर्न लागिएको अस्पतालले जनाएको छ। अस्पतालमा दैनिक ३ सय बिरामी उपचारका लागि आउने गरेको अध्यक्ष थापाले बताए। 

अस्पतालको भवन साँघुरो हुँदा सेवाग्राहीले सास्ती बेहोर्दै आएकाले नयाँ भवनको निर्माण भएपछि बिरामीहरूलाई सुविधा हुने उनले बताए। कार्यक्रममा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले अस्पतालले सेवा थप गर्नुकासाथै सुविधा सम्पन्न भवन पनि निर्माण सुरू गरेकाले चाँडै यस क्षेत्रका बिरामीहरूले स्थानीय स्तरमै गुणस्तरिय सेवा प्राप्त गर्ने बताइन्। सोही अवसरमा जेष्ठ नागरिकहरूका लागि बुढीगंगा गाउँपालिकाले स्वास्थ्य शिविरको पनि आयोजना गरेको थियो।

प्रकाशित: २४ कार्तिक २०७९ १२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App